Genesis 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआको उमेर ६०१ वर्ष पुग्‍दा पहिलो महिनाको पहिलो दिनमा पानी सुक्‍यो। नोआले नाउका छत उघारेर चारैपट्टि हेरे र भूइँ ओबानो हुँदैगएको देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्‍वीबाट पानी सुक्‍यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्‍खा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे।
Nepali ERV (पवित्र बाइबल)
नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।