Genesis 8:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होमबलिको मीठो बासनाले परमप्रभुलाई खुसी पार्यो र उहाँले आफ्नो मनमा भन्नुभयो, “फेरि कहिल्यै पनि म मानिसले गरेका कामका कारणले पृथ्वीलाई सराप दिनेछैनँ। म जान्दछु कि सानै हुँदादेखि नै उसका सोचहरू खराब हुन्छन्। फेरि कहिल्यै पनि म यसपालिको जस्तो सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले त्यो मिठो बास्ना लिनुभयो; अनि आफ्नो मनमनै भन्नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन। 22जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”