Genesis 9:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जिउँदा प्राणीहरूसित सम्पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्किआउने हरथोकसित यो करार बाँध्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।
Nepali ERV (पवित्र बाइबल)
म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।