Genesis 9:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शेम र येपेतले एउटा लुगा लिए र काँधमा हालेर आफ्ना ढाडमा बोके। दुवै भाइ पछि सर्दै गएर पालभित्र पसे र बुबालाई लुगा ओढाइदिए। बुबाको नाङ्गो रूप देख्ननपरोस् भनेर तिनीहरूले आफ्नो अनुहार अर्कोपट्टि फर्काए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।