Habakkuk 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्लाले तिनीहरूलाई रोक्न सक्दैन। माटोको ढिस्कुरो बनाई त्यसबाट किल्लामा चढी तिनीहरूले त्यो किल्ला कब्जा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले राजाहरूलाई हँस्सीमा उड़ाउँछन् र शासकहरूको ठट्टा गर्छन्। किल्ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्छन्, र माटोको ढिस्कुरो बनाएर तिनीहरूले ती कब्जा गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले राजाहरूको गिल्ला गर्छन्, र शासकहरूको खिल्ली उडाउँछन्। तिनीहरू बलियो किल्ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरुका सैनिकहरुले अन्य देशका राजाहरुको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरु उनीहरुका निम्ति तमाशा बन्नेछन्। तिनीहरुको सैनिकहरु अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरुले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरुलाई सजिलै हराउँनेछन्।