Habakkuk 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईं आदिदेखि नै परमेश्‍वर हुनुहुन्‍छ। तपाईं मेरा पवित्र र अनन्‍तका परमेश्‍वर हुनुहुन्‍छ। हे परमप्रभु, मेरा रक्षक र परमेश्‍वर! बेबिलोनीहरूले हामीलाई दण्‍ड देऊन् भनी तपाईंले तिनीहरूलाई छान्‍नुभयो र शक्तिशाली बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, के तपाईं सनातनदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा परमपवित्र, हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्‍यायको निम्‍ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईंले तिनीहरूलाई अभिषेक गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, के तपाईं अनादिदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईंको अन्त्य कहिल्यै हुँदैन। हे याहवेह, तपाईंले तिनीहरूलाई न्याय कायम राख्नलाई नियुक्त गर्नुभएको छ। हे मेरा चट्टान, तपाईंले तिनीहरूलाई दण्ड दिनका निम्ति नियुक्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।