Habakkuk 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसरी तपाईं यी धोखेबाज र दुष्ट मानिसहरूलाई हेरिरहन सक्नुहुन्छ? तपाईंको दृष्टि अति पवित्र छ र तपाईंले दुष्ट कुरा हेर्न सक्नुहुन्न। तपाईंले मानिसहरूको खराबी गरेको दृश्य पनि हेर्न सक्नुहुन्न। तब तिनीहरूले आफूभन्दा धर्मी मानिसहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको दृष्टि यति शुद्ध छ, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाईं सहन सक्नुहुन्न। त्यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्छ? आफूभन्दा धर्मी मानिसहरूलाई दुष्टहरूले निल्दा तपाईं किन चूप लाग्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका दृष्टिहरू यति पवित्र छन्, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, र दुष्ट कार्यहरू पनि सहन सक्नुहुन्न। तब किन तपाईं विश्वासघातीहरूलाई सहनुहुन्छ? जब दुष्टहरूले आफूभन्दा धर्मीहरूलाई निल्दछन्, तब किन तपाईं चुप लागेर बस्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?