Habakkuk 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईंले मलाई यस्‍ता अन्‍याय हेर्न लगाउनुहुन्‍छ? यस्‍ता दुष्‍कर्म सहेर कसरी तपाईं हेरिरहन सक्‍नुहुन्‍छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले सामानहरु लुट्छन् अनि अरु मानिसहरुलाई चोट पुर्याउँछन्। मानिसहरु लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरु देखाउनु हुँदैछ।