Habakkuk 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्‍नेछौ, त्‍यसमा तिमीहरू छक्‍कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्‍तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्‍वास हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्‍क पर्, किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्‍वास गर्नेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्‍चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरुलाई हेर, तिनीहरुलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।