Habakkuk 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अधीन गरेका जातिहरूले व्‍यर्थका परिश्रममा आफ्‍ना बल लाएर थाके र तिनीहरूले बनाएका जति सबै आगोको ज्‍वालामा खरानी हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले यसो गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के सर्वशक्तिमान्‌ परमप्रभुले यो ठहराउनुभएको होइन, कि मानिसहरूको परिश्रम त आगोको निम्‍ति मात्र हुन्‍छ, कि जाति-जातिहरू व्‍यर्थैमा आफै थकित हुँदैछन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के सेनाहरूका याहवेहले यो निश्‍चय गरिसक्नुभएको होइन? कि मानिसहरूका मेहनत आगोमा दाउराजस्तै भस्म हुनलाई मात्र हो। त्यसैले राष्ट्रहरूले व्यर्थमा परिश्रम गरेर आफूलाई थकित तुल्याउँछन्?
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।