Habakkuk 2:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूको पालो आउनेछ, तिमीहरू इज्जतको सट्टामा लाजमापर्नेछौ। तिमीहरू आफैं मातेर लरबराउनेछौ। तिमीहरूलाई परमप्रभुले तिमीहरूका दण्डको कचौरा पिउन लाउनुहुनेछ र तिमीहरूको इज्जत बेइज्जतमा परिणत हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गौरवको सट्टा तँ शर्मले भरिनेछस्। अब तेरो पालो आयो, तँ पनि पिई र उदाङ्गो हो। परमप्रभुको दाहिने हातको कचौरा तँकहाँ आउँदैछ, र तेरो गौरव लाजले ढाकिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्। अब तेरो पालो आएको छ! दाखमद्य पी, र तेरो नग्नता उदाङ्गो होस्! याहवेहको दाहिने हातबाट दण्डको कचौरा तँतिर आउँदैछ; अनि तेरो महिमालाई अपमानले ढाक्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ। “हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।