Habakkuk 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले लेबनानका जङ्गलहरू फाँडेका छौ, अब तिमीहरू फाँडिनेछौ। तिमीहरूले त्यहाँका पशुहरू मार्यौ, अब पशुहरूले तिमीहरूलाई भयभीत पार्नेछन्। तिमीहरूले गरेका हत्या र यस पृथ्वीका मानिसहरू र सहरहरूका विरुद्धमा गरेका हिँसाको कारणले यो कुरा पूरा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेबनानमाथि तैंले गरेको उपद्रवले तँलाई नै ढाक्नेछ, र तैंले त्यहाँका पशुहरूलाई गरेको सर्वनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ; अनि तैँले गरेको पशुप्राणीको विनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैँले मानिसको रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबैलाई नाश पारेको छस्।
Nepali ERV (पवित्र बाइबल)
लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”