Habakkuk 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ति के काम लाग्छ र? त्यो त मानिसले बनाएको वस्तु मात्र हो र त्यसले झूटबाहेक अरू केही बताउँदैन। यसमा भरोसा गर्नेले आफैंले बनाएको मूर्तिमा भरोसा गरेको हुन्छ, त्यो बोल्न पनि नसक्ने मूर्ति मात्र त हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मान्छेले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा झूट सिकाउने प्रतिमाको के मूल्य छ? किनकि त्यो बनाउने कारीगरले आफ्नै हातले बनाएको सृष्टिमा भरोसा राख्तछ। उसले मूर्तिहरू बनाउँछ, जसले बोल्न सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा त्यो प्रतिमा, जसले झूटो कुरा सिकाउँछ? किनकि त्यसले आफ्नै हातको काममा भरोसा राख्छ; किनकि त्यसले बनाएको मूर्ति बोल्न पनि सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।