Habakkuk 2:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू नाश हुनेछौ! तिमीहरूले काठको टुक्रालाई “ए, उठ्” वा ढुङ्गाको टुक्रालाई, “खडा हो!” भन्‍छौ। के एउटा मूर्तिले केही कुरा तिमीहरूलाई बताउन सक्‍छ? त्‍यसलाई सुन र चाँदीले मोहोरेको हुन सक्‍छ तर त्‍यसमा सास त छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार त्‍यसलाई, जसले काठलाई भन्‍छ, ‘जिउँदो होऊ,’ र बोल्‍न नसक्‍ने ढुङ्गालाई भन्‍छ, ‘जाग’। के त्‍यसले मार्ग दर्शन गर्न सक्‍छ? त्‍यो त सुन र चाँदीले मोहोरिएको छ, त्‍यसमा सास नै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्‍कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ, अथवा निर्जीव ढुङ्गालाई, ‘उठ्!’ भन्छ। के त्यसले तिमीहरूलाई मार्गनिर्देशन गर्न सक्छ? त्यो सुन र चाँदीले मोहोरिएको छ; तर त्यसमा जीवनको सास नै छैन।”
Nepali ERV (पवित्र बाइबल)
जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।