Habakkuk 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो लेख् किनभने यो पूरा हुने समय अहिले होइन। तर त्‍यो समय चाँडै आउँदै छ र मैले देखाएको कुरा पूरा हुनेछ। त्‍यो समय आइपुग्‍न ढिलो होला तर पर्खी बस्, त्‍यो समय निश्‍चय आउनेछ र साह्रै ढिलो हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्‍चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।