Habakkuk 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यो कुरा यही हो ‘दुष्टहरू बाँच्नेछैनन् तर धर्मीहरू परमेश्वरप्रति विश्वास गरेकाले बाँच्नेछन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्, त्यो घमण्डले फुलिएको छ, त्यसका इच्छाहरू सोझा छैनन्— तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर्, शत्रु घमण्डले फुलेको छ; त्यसका हृदयका इच्छाहरू सही छैनन्। तर धर्मी जनचाहिँ आफ्नो विश्वासद्वारा नै जिउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यो समचारले ती मानिसहरुलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरुले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरुलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”