Habakkuk 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धन-सम्पत्तिले धोका दिन्छ। लोभीहरू अहङ्कारी र अधीर हुन्छन्, मृत्युझैँ तिनीहरू कहिल्यै अघाउँदैनन्। यसैले तिनीहरूले आफ्ना लागि एउटापछि अर्को गर्दै धेरै जातिहरूमाथि विजय गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय नै दाखमद्यले त्यसलाई धोका दिन्छ। त्यो हठी छ र त्यो कहिल्यै शान्तसित बस्दैन, किनभने त्यो चिहानझैँ लोभी छ। मृत्युझैँ त्यो कहिल्यै अघाउँदैन। त्यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्छ, र सारा मानिसहरूलाई कैद गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। किनकि त्यो चिहानजस्तै लोभी छ, मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्त हुँदैन। त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, र सबै मानिसहरूलाई कैद गर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।