Habakkuk 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारेका मानिसहरूले जित्ने मानिसहरूको गिल्ला गर्नेछन् र तिनीहरूको अनादर गर्नेछन्। तिनीहरूले यसो भन्नेछन्, “जे थोक आफ्नो होइन, त्यो तिमीहरू लिन्छौ तर तिमीहरूको नाश हुनेछ! ऋण लिनेहरूलाई बल जफ्ती ऋण चुक्ता गर्न लाएर कहिलेसम्म तिमीहरू धनी हुँदै जाने हौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के ती सबैले यसो भनेर त्यसको विरुद्धमा हाँसो र ठट्टा गर्दैनन् र? ‘चोरको माल थुपार्ने र जबरजस्ती खोसेर ल्याएका मालले धनी हुनेलाई धिक्कार! त्यसले कहिलेसम्म त्यसो गर्ने?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के अब सबैले त्यसलाई गिल्ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र? “ ‘धिक्कार छ, तिनीहरूलाई, जसले चोरीको माल थुपारेर र अर्काको धन जबरजस्ती खोसेर धनी हुन्छन्! कहिलेसम्म यस्तो चल्छ र?’
Nepali ERV (पवित्र बाइबल)
निश्चय नै यी मानिसहरुले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’