Habakkuk 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक्‍कासि तिमीहरूबाट ऋण लिनेहरू खडा हुनेछन् र शत्रुहरू आएर तिमीहरूलाई थरथर पार्नेछन्। तिनीहरूले तिमीहरूलाई लुट्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तेरा कर्जादारहरू एक्‍कासि उठ्‌नेछैनन्‌ र? तिनीहरू बिउँझेर तँलाई थर्कमान बनाउँदैनन्‌ र? तब तँ तिनीहरूको शिकार हुनेछस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तँबाट ऋण लिनेहरू एक्‍कासि उठ्नेछैनन् र? के तिनीहरू उठेर तँलाई थरथर काँप्ने बनाउने छैनन् र? तब तँ तिनीहरूको शिकार बन्‍नेछस्।
Nepali ERV (पवित्र बाइबल)
“हे, मानिस, तिमीले मानिसहरुको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरु उठ्नेछन्। उनीहरुले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरुले ती सबै कुराहरु तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ।