Habakkuk 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले धेरै जातिका मानिसहरूलाई लुटेका छौ तर अब जो-जो बाँचेका छन्; तिनीहरूले तिमीहरूलाई लुट्‍नेछन् किनभने तिमीहरूले हत्‍या गरेका छौ र यस पृथ्‍वीका मानिसहरू र सहरहरूका विरुद्धमा हिँसा गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले जाति-जातिहरूलाई लुटेको छस्, यसकारण बाँचेका मानिसहरूले तँलाई लुटनेछन्‌। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्, तर अब बाँकी रहेका मानिसहरूले तँलाई लुट्नेछन्। किनकि तैँले धेरै मानिसका रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबै प्राणीहरूलाई सर्वनाश गरेको छस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।