Habakkuk 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको चम्‍किलो भालाको झलक र वेगले उडेको वाणका चमकले गर्दा सूर्य र चन्‍द्र आफ्‍ना आकाशमा टक्‍क अडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्‍कने भालाको चमकले गर्दा, सूर्य र चन्‍द्र आकाशमा टक्‍क अड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए।
Nepali ERV (पवित्र बाइबल)
सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरुले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरुले तिनीहरुको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरु अथवा काँडहरु जस्तै थियो।