Habakkuk 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना प्रजालाई र आफूले चुनेको राजालाई बचाउन तपाईं निस्‍की आउनुभयो, तपाईंले दुष्‍टहरूका अगुवालाई हिर्काएर लडाउनुभयो र त्‍यसका पछि लाग्‍नेहरूलाई पूरा नाश गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो प्रजाको उद्धारको लागि, आफ्‍ना अभिषिक्त जनलाई बचाउनका निम्‍ति तपाईं निस्‍कनुभयो। दुष्‍टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्‍यसलाई टाउकोदेखि खुट्टैसम्‍म नाङ्गो पार्नुभयो। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईं आफैंले आफ्ना मानिसहरुलाई बचाउँन आउनुभयो। जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो। पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर परिवारका प्रत्येक दुष्ट अगुवाहरुलाई तपाईंले मार्नुभयो।