Habakkuk 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यी सबै सुन्‍दा मेरो मुटु काँप्‍दछ। डरले मेरा ओठहरू थरथराउँछन्। मेरा हड्डीहरू गलिजान्‍छ, मेरा खुट्टाहरू काँप्‍दछन्। म त्‍यस समयलाई चुपचाप पर्खिरहनेछु, जब परमेश्‍वरले हामीमाथि हमला गर्नेहरूलाई दण्‍ड दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सुनें र मेरो मुटु काम्‍न लाग्‍यो, त्‍यो सोर सुन्‍दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्‍ति म धैर्यसाथ पर्खिरहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसंग सुस्केरा हालें। मैले मेरो हड्डीहरु एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरु मानिसहरुलाई आक्रमण गर्न आउँछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।