Habakkuk 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टाहरू हरिणका खुट्टाहरूझैँ छिटो बनाउनुहुन्‍छ र पर्वतहरूमाथि मलाई कुशल राख्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्‍छ, उहाँले मलाई अग्‍ला-अग्‍ला स्‍थानहरूमा जाने योग्‍यको तुल्‍याउनुहुन्‍छ। सङ्गीत-निर्देशकको निम्‍ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासंग पहाडमा चढाउँनु हुन्छ। संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरुमा बजाइने राग।