Haggai 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्य-पूजाहारी यहोशू र कैदबाट फर्कि आएका सबै मानिसहरूलाई परमप्रभुले मन्दिरमा काम गर्ने प्रेरणा दिनुभयो र तिनीहरूले सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्वरको भवन निर्माण गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।