Haggai 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि हाग्गैले भने, “परमप्रभु भन्नुहुन्छ कि यही कुरो यस जातिका मानिसहरू र तिनीहरूले बनाएका हरेक थोकमाथि लागू हुन्छ र तिनीहरूले वेदीमाथि चढाएका सबै कुरा अशुद्ध छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हाग्गैले भने, “‘मेरो दृष्टिमा यो प्रजा र यो जाति त्यस्तै छ,’ भनी परमप्रभु भन्नुहुन्छ। ‘यिनीहरू जे गर्छन् र जे चढ़ाउँछन्, त्यो दूषित हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हाग्गैले भने, “ ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्रहरू पनि त्यस्तै हुन्,’ याहवेह भन्नुहुन्छ। ‘तिनीहरूले जे गर्छन्, र तिनीहरूले जे चढाउँछन्, सबै थोक अशुद्ध छन्।
Nepali ERV (पवित्र बाइबल)
तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।