Haggai 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अरू राज्‍यका गद्दीहरू पल्‍टाएर तिनीहरूको शक्तिको अन्‍त गराउन लागेको छु। म रथहरू र तिनका सारथीहरूलाई पल्‍टाइ दिनेछु। घोडाहरू मर्नेछन् र तिनका सवारहरूले आपसमा काटमार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म राजकीय सिंहासनहरूलाई पल्‍टाउनेछु, र विदेशी राज्‍यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्‍टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्‍ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म राजगद्दीहरू पल्टाइदिनेछु, र विदेशी राज्यहरूका शक्ति चकनाचुर पारिदिनेछु। म रथ र सारथीहरू पल्टाइदिनेछु; अनि घोडा र तिनका सारथीहरू आफ्नै भाइका तरवारद्वारा मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।