Haggai 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जातिहरूलाई पराजित गर्नेछु। तिनीहरूका धन-सम्‍पत्तिहरू यहाँ ल्‍याइनेछन् र मन्‍दिर धन-सम्‍पत्तिले भरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सबै जाति-जातिहरूलाई हल्‍लाउनेछु, र इच्‍छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सबै राष्ट्रहरूलाई हल्‍लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।