Hebrews 1:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको ठूलो उज्यालो उहाँमा चम्कन्छ। उहाँ परमेश्वरको साँचो रूप हुनुहुन्छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्वीका सबै कुरा अडिएका छन्। मान्छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्च परमेश्वरको दाहिनेपट्टि बस्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
Nepali Tamang 2011
परमेश्वरला घ्रेन य्हालदेन शक्ति ख्रीष्टग्याम म्राङ्बा मुला। परमेश्वरला रुप थेनोन हिन्ना। थेला शक्तिशाली बचनग्यामसेन मुदेन जम्बुलिङला जम्मान स्हेगदे छ्याबा मुला। ओच्छे म्हिदा पापग्याम थार्ना लबा गे लसी जिन्माहेन्से थे स्वर्गरी शक्तिशाली परमेश्वरला दाहिने छ्यापट्टि मुल ठिरी धन्छ्याबा मुला।