Hebrews 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले कुनै स्वर्गदूतलाई यसो भन्नुभएन, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।” फेरि के कुनै स्वर्गदूतको बारेमा यसरी भन्नुभएको छ र, “म तिनका पिता हुनेछु, तिनी मेरा पुत्र हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कहिल्यै यसो भन्नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7 उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।” 2 शमूएल 7:14
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे येशूदा बाहेक खाइमै खजिबै स्वर्गदूतगदेदा चुह्रङ् भिसी सुङ्बा आरे, “ए ङाला झा हिन्ना, तिनी ङा एला आबा दोबा मुला” ओच्छे “ङा थेला आबा दोला, थे ङाला झा दोला।”