Hebrews 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई पृथ्वीमा पठाउनुहुँदा भन्नुहुन्छ, “मेरा सबै स्वर्गदूतहरूले उनलाई पुजून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।”
Nepali ERV (पवित्र बाइबल)
अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।” व्यवस्था 32:43
Nepali Tamang 2011
परमेश्वरसे ह्राङला झादा जम्बुलिङरी पुइखबा धुइरी “जम्मान स्वर्गदूतगदेसे थेदा तेन्गै” भिसी दोःसीनोन सुङ्बा मुला।