Hebrews 10:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएली व्यवस्था हुन आउने खास साँचो कुराहरूको नमुना होइन, तर आउने असल कुराहरूको छाया मात्र हो। यसैले वर्षेनी चढाएका त्‍यही बलिदानहरूले परमेश्‍वरकहाँ ती बलिदान चढाउने मान्‍छेहरूलाई पूरै शुद्ध पार्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्‍याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
Nepali Tamang 2011
परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम चा लिच्‍छा खबा ज्‍यबा तामला चिनु जे हिन्‍ना। तर ख्रीष्‍टसे लबा ज्‍यबा तामनोन चा आहिन। तिग्‍दा भिसम ङाच्‍छाला ठिम अन्‍छार दिङएदङसेन खाल गिकलान बलि फुल्‍मुबा। तर थे बलिसे चा परमेश्‍वर मुबा ग्‍लारी खबा म्‍हिगदेदा चोखो स्‍होबारी आखम।