Hebrews 10:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै इस्राएली पूजाहारीहरूले बारम्बार उभिएर परमेश्वरकहाँ बलि चढाउने काम गर्छन् अनि घरीघरी एकै किसिमको बलि चढाउने गर्छन्। तर यस्ता बलिदानहरूले कहिल्यै पाप मेटाउन सक्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक पूजाहारी एकै किसिमको बलि बारम्बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्छ, जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुरानो करारमा हरेक पुजारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।
Nepali Tamang 2011
परमेश्वरला मन्दिररी पूजा लबा जम्मान म्हिगदेसे ङाच्छाला ठिम अन्छार सदन परमेश्वरला ङाच्छा निसी घरिघरि खाल गिकलान बलि फुल्बा गे लमुला। तर थेह्रङ्बा बलिसे खाइमै पापला दोष मेटब आतमुला।