Hebrews 10:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्यो तिनीहरूका मनमा लेखिदिनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि म तिनीहरूसित यो करार बाँध्नेछु, प्रभु भन्नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।” यर्मिया 31: 33
Nepali Tamang 2011
“परमप्रभुसे चुह्रङ् भिसी सुङ्बा मुला, लिच्छाला धिनरी थेनीगदेदेन छ्याम लबा छार कबुल चुनोन हिन्ना। ङाइ थेनीगदेला सेमरी ङाला ठिम भ्रिसी थान्ना।”