Hebrews 10:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
Nepali ERV (पवित्र बाइबल)
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
Nepali Tamang 2011
दाहेन्से य्हाङ आज्यबा म्हन्बा तामग्याम चोखो तबादेन चोखो क्युइसे ख्रुसी धाबा ल्हुइ थोसी ज्यबा सेमदेन पूरा विश्वास लसी परमेश्वरला ङामरी निइ।