Hebrews 10:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसै-कसैको संगतिमा नआउने बानी छ। त्‍यसो नगरौं। त्‍यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्‍ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीसँग भेट हुनाबाट र्तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेटनु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
Nepali Tamang 2011
कोइ कोइ म्‍हिला संगतीरी आनिबा बानी मुला। तर य्‍हाङ चा संगतीरी निबा आख्‍लागे। बरु प्रभु दोःसी फेप्‍खबा धिन खबारी छ्‌याइबा मुला भिबा ताम घोसी गिकसेम गिकदा झन आँट पिन्‍गे।