Hebrews 10:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए झन् परमेश्‍वरकै पुत्रलाई नमान्‍ने, पापबाट पवित्र पार्ने र परमेश्‍वरको करार पक्‍का गर्ने ख्रीष्‍टको रगतलाई सस्‍तो कुरा ठान्‍ने र अनुग्रह दिने पवित्र आत्‍मालाई नै अपमान गर्ने मानिसलाई कति ठूलो सजाय होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए झन् परमेश्‍वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्‍ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला?
Nepali ERV (पवित्र बाइबल)
जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।
Nepali Tamang 2011
थेह्रङ् भिसम परमेश्‍वरला झादा बिरोध लबा म्‍हिसे झन गाते ल्‍हाना सजाय याङ्ला। तिग्‍दा भिसम थेसे ह्राङदा पापग्‍याम फेसी चोखो तना लबादेन परमेश्‍वरसे लबा कबुलदा पूरा लबा ख्रीष्‍टला कादा गे आखेल्‍बा स्‍हे स्‍होबा मुला, ओच्‍छे दयामाया पिन्‍बा परमेश्‍वरला आत्‍मादा बिरोध लबा मुला।