Hebrews 10:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने बदला लिने काम मेरो हो, म साटो फेर्छु भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “प्रभुले नै आफ्‍ना मानिसको न्‍याय गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसो भन्‍नुहुने परमेश्‍वरलाई हामी चिन्छौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु,” अनि फेरि “प्रभुले आफ्ना जातिको न्याय गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।” परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”
Nepali Tamang 2011
तर चुह्रङ् भिसी सुङ्बा परमेश्‍वरदा य्‍हाङसे ङोसेबा मुला, “बदला किन्‍बा गे ङाला हिन्‍ना, ङाइ थेनीगदेसे लबा गे अन्‍छारला सजाय पिन्‍ना”। ओच्‍छे दोःसी, “परमप्रभुसे ह्राङला म्‍हिगदेला ठीक निसाफ लला” भिसीएनोन सुङ्बा मुबा।