Hebrews 10:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदमा परेकाहरूलाई साथ दियौ। आफूसँग भएका सबै धन-सम्पत्ति लुटिंदा पनि खुसीसाथ सह्यौ। किनभने सधैँभरि रहिरहने अझ ठूलो सम्पत्ति आफैंसँग छ भन्ने कुरा तिमीहरूलाई थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्नो सम्पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्दथियौ, कि तिमीहरूको आफ्नै अझ उत्तम र सदा रहने सम्पत्ति छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले कैदमा हुनेहरूसँग सहानुभूति देखाएका थियौ, र आफ्ना सम्पत्ति खुशीसाथ लुटिन दिएका थियौ; किनकि तिमीहरूसित अझ उत्तम र स्थायी सम्पत्ति छन् भनी तिमीहरूले जानेका थियौ।
Nepali ERV (पवित्र बाइबल)
हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
Nepali Tamang 2011
एनीगदेसे झ्याल्खानरी परब तबागदेदा ह्रो लजी। ओच्छे ह्राङदेन छ्याम मुबा जम्मान धन सम्पत्ति ब्यन्माएनोन एनीगदेसे ताङ्सी ताङ्सी नाजी। तिग्दा भिसम जुकजुकधोना चिबा अझ घ्रेन सम्पत्ति ह्राङदेन छ्याम मुला भिबा ताम एनीगदेदा था मुबा।