Hebrews 10:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिल्‍यै उहाँले भन्‍नुभयो, “तपाईंले भेटी र बलिदानहरू चाहनुहुन्‍न। तपाईं होमबलि र पापबलिसँग खुसी हुनुहुन्‍न।” व्यवस्थाले भनेझैँ यी बलिदान चढाउँदा-चढाउँदै पनि उहाँले यसो भन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिला उहाँले भन्‍नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्‍न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चहान्छ।
Nepali Tamang 2011
ख्रीष्‍टसे ङाच्‍छा चुह्रङ् भिसी सुङ्जी, “जन्‍तुगदेला बलिदेन अन्‍न बलिगदे ओच्‍छे बलि फुल्‍बा ग्‍लारी ख्राङ्‌सी पिन्‍बा जन्‍तुला बलिदेन पाप मेटब तबाला लागिरी फुल्‍बा बलि किन्‍बारी ह्राङ आताङ्‌नी।” चु जम्‍मान बलिगदे चा मोशादा पिन्‍बा ठिम अन्‍छार मुसैनोन चुह्रङ् भिसी सुङ्जी।