Hebrews 11:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै मानिसहरू विश्‍वास गरेर मरे। परमेश्‍वरले दिन्‍छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्‍वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्‍वीमा बाटो हिंड्‍ने परदेशी र शरणार्थी सम्‍झे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै मानिसहरू मृत्युसम्म विश्‍वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्‍वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए।
Nepali ERV (पवित्र बाइबल)
यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।
Nepali Tamang 2011
परमेश्‍वरसे पिन्‍ना भिसी कबुल लबा स्‍हेगदे आयाङ्‌सैनोन चु जम्‍मान म्‍हिगदेसे सिबा धुइधोनाएनोन विश्‍वास लबा आख्‍लानी। तसैनोन थेनीगदेसे थे स्‍हेगदेदा थारेङग्‍यामसेन म्राङ्सी सेमरी किन्‍जी। ओच्‍छे थेनीगदेसे ह्राङ चा चु जम्‍बुलिङरी विदेशीदेन परदेशी हिन्‍ना भिसी म्‍हन्‍जी।