Hebrews 11:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
Nepali Tamang 2011
तर थेनीगदेसे चा चु भन्दान ज्यबा स्वर्गला य्हुल्सा म्हाइबा मुबा। थेतबासेलमा थेनीगदेला परमेश्वर हिन्ना भिसी सुङ्बारी परमेश्वर आपेःनी। तिग्दा भिसम परमेश्वरसे थेनीगदेदा पिन्बाला लागिरी शहर गिक स्होसी जिन्बा मुबा।