Hebrews 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाक मरे पनि परमेश्‍वरले बिउँताउन सक्‍नुहुन्‍छ भनेर अब्राहामले विश्‍वास गरे अनि साँच्‍चै एक किसिमले इसहाकलाई मृत्‍युबाट बिउँतेको जस्‍तै नै फेरि पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्‍नुहुन्‍छ भन्‍ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे सिबाग्‍यामएनोन सोना लखम्‍ला भिबा अब्राहामदा विश्‍वास मुबा। ओच्‍छे अब्राहामसे विश्‍वास लबा अन्‍छारनोन ह्राङला झा इसहाकदा सिबाग्‍याम सोबा ह्रङ्‌बान दोःसी याङ्जी।