Hebrews 11:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्‍ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्‍नो मृत देहलाई के गर्नुपर्ने हो, त्‍यो पनि भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासद्वारा योसेफले आफ्‍नो जीवनको अन्‍त्‍यतिर इस्राएलीहरूका प्रस्‍थानको विषयमा उल्‍लेख गरे, र उनका अस्‍थिको विषयमा आदेश दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए।
Nepali ERV (पवित्र बाइबल)
अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोडने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए।
Nepali Tamang 2011
विश्‍वाससे लमान योसेफसे सिबा धुइरी इस्राएलीगदेसे मिश्र य्‍हुल्‍सा ख्‍लाबा तामला बारेरी पाङ्बा मुबा। थेसे थेनीगदेदा लिच्‍छा मिश्र य्‍हुल्‍सा ख्‍लाबा धुइरी ह्राङला नख्रुगदे तिग लतोःला भिबा तामएनोन कुल्‍जी।