Hebrews 11:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्‍मेको तीन महिनासम्‍म लुकाइराखे। आफ्‍नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा जन्‍मँदा तिनका आमा-बुबाले तिनलाई सुन्‍दर देखे, र विश्‍वासद्वारा तीन महिनासम्‍म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्।
Nepali ERV (पवित्र बाइबल)
विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।
Nepali Tamang 2011
विश्‍वाससे लमान मोशाला आबा आमासे थे न्‍हमाहेन्‍से ला सोमधोना छुम्‍सी थान्‍जी। थेनीगदेसे ह्राङला झा ल्‍हानान जेबा म्राङ्जी, ओच्‍छे ग्‍लेसे कुल्‍बा ताम आङ्‌यान्‍बारीनोन आलोङ्नी।