Hebrews 11:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासकै भरमा राजाको रिसको पनि वास्तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्न नसकिने परमेश्वरलाई देखेझैँ गरी उनी पटक्कै पछि फर्केनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्वरलाई देखेर तिनी स्थिर रहिरहे।
Nepali ERV (पवित्र बाइबल)
विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्।
Nepali Tamang 2011
विश्वाससे लमान ग्लेला बोमो म्राङ्सी आलोङ्नान थेसे मिश्र य्हुल्सा ख्लाजी। ओच्छे म्राङ्आखम्बा परमेश्वरदाएनोन म्राङ्बा ह्रङ् लसीन थे भङ्सी चिजी।