Hebrews 11:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासकै भरमा इस्राएलीहरूले सुख्‍खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्‍यसै गरी समुद्र तर्न खोज्‍दा डुबेर मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्‍न गर्दा डुबेर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।
Nepali ERV (पवित्र बाइबल)
अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।
Nepali Tamang 2011
विश्‍वाससे लमान इस्राएलीगदेसे सरी भ्रबा ह्रङ् लसी वाला समुन्‍द्ररी भ्रसी क्‍याम्‍सङपट्टि निजी। मिश्र य्‍हुल्‍साला म्‍हिगदेएनोन थेनीगदे ह्रङ् लसीन निबारी छ्‌याइमा डुबब तसी सिजी।