Hebrews 11:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दन्किरहेको आगोलाई निभाइदिए। तरवारको धारबाट पनि उम्के। तिनीहरू निर्धा थिए तर अब शक्तिशाली भए। लडाइँमा साहससँग लडेर सबै विदेशी शत्रुहरूलाई जिते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
Nepali ERV (पवित्र बाइबल)
कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।
Nepali Tamang 2011
थेह्रङ् लसीन थेनीगदेसे मेला ल्हामदा साइजी, तरवारग्यामएनोन जोगब तजी। ओच्छे थेनीगदे कमजोर मुबा, तर भङ्बा तजी। थेनीगदे लडाइ लमा आलोङ्नी ओच्छे अर्गु य्हुल्साला जम्मान शत्रुगदेदा भ्रेना लजी।