Hebrews 11:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वास गरेकोले नै हनोकले मृत्‍यु चाखेनन् तर उनी परमेश्‍वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्‍त्रले भन्‍छ, “उनी विश्‍वासले नै परमेश्‍वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्‍वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्‍वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।
Nepali Tamang 2011
विश्‍वास लबासे लमान हनोक आसिनी। तर थेदा छोन्‍बोन स्‍वर्गरी भोर्जी। ओच्‍छे थेदा खालैसेन आस्‍याप्‍नी। तिग्‍दा भिसम परमेश्‍वरसे थेदा थीसी भोर्बा मुबा। थेदा परमेश्‍वरसे थीसी भोर्बा भन्‍दा ङाच्‍छा थेसे परमेश्‍वरदा ताङ्ना लबा ताम चुग्‍यामसेन था याङ्बा मुला।