Hebrews 11:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वास नगरीकन कसैले पनि परमेश्‍वरलाई खुसी बनाउन सक्‍दैन किनभने परमेश्‍वरकहाँ आउनेहरूमा त विश्‍वास हुनैपर्दछ। परमेश्‍वर हुनुहुन्‍छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्‍छ भनेर विश्‍वास गर्नुपर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँचोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।
Nepali Tamang 2011
विश्‍वास आलना खालैसेन परमेश्‍वरदा ताङ्ना लबारी आखम। तिग्‍दा भिसम परमेश्‍वर मुबा ग्‍लारी खबा म्‍हिसे परमेश्‍वर मुला भिबा तामदेन थेदा म्‍हाइबा म्‍हिदा इनाम पिन्‍ना भिसी विश्‍वास लतोःला।